गोरखा समाचारदाता
गोरखा – नेपाल प्रहरीले गोरखा सदरमुकाम क्षेत्रमा रहेको गाँजा फडानी गरेको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुले सदरमुकाम क्षेत्रमा रहेको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक कमला नरालले बताईन ।

प्रहरीले शुक्रबार बिहान गोरखा नगरपालिकाको ५ नम्बर क्षेत्रको कालो बरको बोट र मसार क्षेत्रको वस्तीमा रहेको गाँजा फडानी गरेको हो । उत्त क्षेत्रमा रहेको ३०० वटा बयस्क गाँजाको बोट फडानी गरीएको थियो ।

समाजलाई शान्तिपुर्ण एवं सुरक्षित राख्न केही महिना यता देखी गोरखा प्रहरीले गाँजा फडानीलाई तिब्रता दिएको छ ।

साझेदारी कार्यक्रम अन्तरर्गत चालिएको अभियानमा जिल्ला भित्र अहिले सम्म २० हजार भन्दा बढी गाँजाको बोट फडानी गरी सकिएको कार्यालयले जानकारी दिएको छ ।

फडानी गरीएको सबै गाँजाको बोटहरु जिल्ला प्रहरी कार्यालयको परिषरमा खाडल खनी पुरीएको छ ।





