×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

परम्परागत पिङ संरक्षणमा जुटे युवा

  •  
  • शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – शहिल लखन गाउँपालिका–८ बुंकोटका युवाहरु पिङ संरक्षणमा जुटेका छन् । स्थानीय नव इन्द्रेणी बुंकोट युवा क्लव छापथोकमा आवद्ध युवाहरुले हराउँदै गएको परम्परागत पिङ निर्माण गरेका हुन् ।

    ‘आज भन्दा ३०–४० पहिले टाढा–टाढाका मान्छे पिङ खेल्न छापकथोक आइपुग्थे’ वडा अध्यक्ष काशीनाथ अम्गाईले भन्नुभयो ‘बिचमा लामो समय पिङ बन्द भयो, अहिले युवा साथीहरु त्यो परम्परा जोगाउनु लागि पर्नुभएको छ ।’

    उनीहरुले ८ पिर्का भएको रोहटे र ४ पिर्का भएको जाते पिङ निर्माण गरेका छन् । सोही ठाउँमा लिङ्गे पिङ निर्माण गर्ने बारेमा पनि छलफल भइरहेको अम्गाईले जानकारी दिनुभयो ।

    नेपालीहरुको महान पर्व विजया दशमी शुरु भइसेको छ । दशैका मुख्य आकर्षण मध्ये पिङ पनि एक हो । असत्य माथि सत्यको बिजय भएको खुसियालीमा पिङ खेल्ने रम्परागत मान्यता छ । सोही अनुरुप दशैमा एक पटक भएपनि पिङ खेलेर धर्ति छोड्नु पर्छ भन्ने गरिन्छ ।

    तर पछिल्लो समय अधिकाशं ठाउँका परम्परागत पिङ लोपभएका छन् । ‘एक दिन साथीहरु वडा कार्यालयमा आउनु भएको थियो, उहाँहरुको केही गर्ने उत्साह देखेर मैले पिङ बनाउने प्रस्ताब गरेँ’ वडा अध्यक्ष अम्गाईले भन्नुभयो ‘सामुदायिक वनलाई सहुलियतमा काठ उपलब्ध गराउन आग्रह गरेँ त्यसपछि साथीहरुले काम सुरु गर्नु भयो ।’

    क्वलका सचिव राजेश श्रेष्ठको संयोजकत्वमा आर्थिक सकंलन समिति निर्माण गरेर सहयोग संकलन थालियो । ‘हामीले अहिलेसम्म १ लाख ९८ हजार रकम खर्च गरिसकेका छौं’ आर्थिक संकलन समितिका संयोजक श्रेष्ठले भन्नुभयो ‘७० हजारको जनश्रमदान नै भएको छ ।’तर हालसम्म करिब ५० हजार रुपैयाँ मात्र संकलन भएको छ ।

    अन्य रकम उपलब्ध गराइदिनका लागि स्थानीय तह र देश तथा विदेशमा बस्ने आग्रह गरिएको उनले बताए । ‘हामीले काम गरयौं अब लागेको खर्च तपाइँहरुले सहयोग गरिदिनु परयो भनेर सबै तिर अनुरोध गरेका छौं’ उहाँले भन्नुभयो ‘रकम संकलन भइरहेको छ ।’

    झै–झगडाका कारण गाउँठाउँबाट पिङ लोप भएको जानकारहरु बताउँछन् । चाडपर्वका बेला मादक पदार्थ सेवन गर्ने, हुल हुज्जत गरेर हिड्ने, पुराना रिसिबीहरु साध्ने, केटि जिस्क्याउने लगायतका गतिबिधिका कारणले पिङमा झगडा हुने गर्छ ।

    ‘पिङमा हुन सक्ने झगडा नियन्त्रणका लागि हामीले एउटा समिति नै बनाएका छौं’ क्वलका सचिव समेत रहेका श्रेष्ठले भन्नुभयो ‘रातको समयमा पिङ नचलाउने हाम्रो योजना छ, यसले पनि झगडा धेरै न्यूनिकरण हुन्छ ।’

    राती ९ः३० बजे देखि बिहान सात बजेसम्म पिङलाई फलामको साङ्लाले बाँधेर राख्ने उहाँले भन्नुभयो । झगडा नियन्त्रणका लागि समुदाय प्रहरी कार्यक्रम मार्फत सचेतना समेत फैलाइएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.