गोरखा समाचारदाता
गोरखा – सर्लाहीमा जंगली च्याउ खादा एकै परिवारका १२ जना बिरामी परेका छन । आइबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकार खाएपछि उनीहरु बिरामी परेका हुन् ।
ईश्वरपुर नगरपालिका– ११ भलुवाईको जंगली च्याउ खाँदा ६० वर्षीय बृजकुमार माझी, उहाँकी श्रीमती ५५ वर्षीया राजकुमारी माझी, छोराहरु ३२ वर्षीय पल्टु माझी, ३१ वर्षीय बिल्टु माझी र बुहारीहरु २८ वर्षीया सविता माझी, २७ वर्षीया अञ्जुदेवी माझी, नातिनीहरु ६ वर्षकी रिन्कु माझी, ५ वर्षकी प्रियंका माझी, ३ वर्षकी मेनुका माझी, नातिहरु ४ वर्षका अविनाश माझी, २ वर्षका विकास माझी र १० वर्षका अमित माझी बिरामी भएका छन् ।
परिवारका सदस्य सबैलाई रिङ्गाटा लाग्ने, बान्ता हुने भएपछि अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार गरी थप उपचारको लगि जनकपुर पठाइएको छ । बिरामीमध्ये बुहारीहरु सविता माझी र अञ्जुदेवी माझीको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।




















