गोरखा समारचारदाता
गोरखा – गोरखा सदरमुकाममा मार्वलले च्यापिएर १ जना मजदुरको मृत्यु भएको छ । आईतबार राती भएको उत्त दुर्घटनामा परी ३० बर्षिय नागेश्वर सदायको घटना स्थलमा नै मृत्यु भएको थियो ।
निर्माणधिन गोरखा जिल्ला अदालतका लागि ल्याईएको मार्वल झार्ने क्रममा सिरहा जिल्ला लहान नगरपालिका मोतिपुरका सदायको मृत्यु भएको थियो ।
आईतबार राती ८ः३० बजे भएको उत्त घटनामा सदायलाई मार्वल झार्दै गर्दा ट्रकमा रहेको अन्य मार्वलले च्यापेको थियो । च्यापिएको २० मिनेट पछि उनलाई उद्वार गरी उपचारको लागि गोरखा अस्पताल लगिएको भएता पनि चिकित्सकहरुले मृत्त घोषित गरेका थिए ।




















