गोरखा समाचारदाता
गोरखा – गोरखाको मनास्लु हिमाल आरोण गर्ने क्रममा १ पोल्याण्डी नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५० बर्षिया रिता डोनेटा ब्लाड्याम राहदानी नम्बर ६०८६७०४ रहेकी जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
आरोहणका क्रममा तेस्रो शिविरमा पुगेकी उनको सनिबार मृत्यु भएको थियो । तेस्रो शिविरबाट चुचुरो तर्फ जादै गरेका उनलाई स्वास्थ्यमा समस्या देखीए पछि उनका सहयोगिहरुले थप उपचारको लागि क्याम्प तर्फ झादै गर्दा उनको मृत्यु भएको थियो ।
मनास्लु हिमाल विश्व माझ किलर माउन्टेन नामले परिचित छ । यो हिमाल ८ हजार १६३ मिटर अग्लो छ ।




















