गोरखा समाचारदाता
गोरखा – गोरखाको भच्चेकमा प्रथम भच्चेक कप फुटवल प्रतियोगिता सुरु भएको छ ।
दि मनासलु युवा क्लवको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता १७ गतेसम्म सञ्चालन हुने आयोजकले बताइएको छ ।
भच्चेक स्थित टुडीखेल मैदानमा सुरु प्रतियोगीताको नेकपा गोरखाका युवा नेता दुर्गा श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रम उदघाटन गर्दै श्रेष्ठले भच्चेकको बिकासका लागी आफु सदैव तत्पर रहने बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन । त्यसैगरी प्रतियोगिताको दोस्रो हुने समूहले ५५ हजार ५ सय ५५ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने छन ।
आयोजक क्बलले सान्त्वना हुने २ समूहलाई २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरीने जानकारी गराएको छ । प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ डिफेन्डर, अनुशासित प्रतियोगी समुह र सर्वाधिक गोलकर्तालाई पनि विशेष पुरस्कारको ब्यवस्था गरिएको छ ।



