गोरखा समाचारदाता
गोरखा – काठमाडौँ महानगरपालिका वरिपरिका ९ शहरमा ९ वटापार्क निर्माण हुने भएको छ । ज्येष्ठ नागरिक, बालबालिका तथा मनोरञ्जन र वनभोज गर्न मिल्ने गरी कीर्तिपुर, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, शङ्खरापुर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकामा १/१ वटा सुविधासम्पन्न पार्क बन्न लागेको हो ।
महानगरको आर्थिक सहयोगमा ति क्षेत्रहरुमा सुविधासम्पन्न पार्क यसै आर्थिक वर्षभित्र बनाइने भएका हो । पार्क निर्माणको लागि महानगरपालिकाले सबैलाई १÷१ करोड आर्थिक सहयोस समेत उपब्ध गराएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।
काठमाण्डौ महानगरपालिका भित्र पार्क निर्माणका लागि स्थाना अभाव भए पछि आफ्नो नगर संग जोडिएको नगरपालिकालाई आर्थिक सहयोग गरेर हो । यो कार्यले भिजिट नेपाल २०२० लाई पनि सहयोग गर्ने विश्वास महानगरले लिएको छ।
सहरी विकास आयोगले नक्सा डिजाइन र अनुमानित लागत समेतको खाका तयार पारेर स्थानीय तहलाई पार्क निर्माणको जिम्मेवारी दिएको छ ।
९ शहर मध्ये कीर्तिपुर नगरपालिकाले युद्ध स्मृति पार्क, शङ्खरापुर नगरपालिकाले हरित उद्यान पार्क, कागेश्वरी नगरपालिकाले शहीद पार्क, गोकर्णेश्वर नगरपालिकाले गोकर्णेश्वर पार्क निर्माण गर्ने छ । त्यस्तै गरी बूढानीलकण्ठ नगरपालिकाले बूढानीलकण्ठ पार्क, तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम, चन्द्रागिरि नगरपालिकाले सांस्कृतिक पर्यटन क्षेत्र, दक्षिणकाली नगरपालिले बालउद्यान बनाउदै छ ।
यता नागार्जुन नगरपालिकाले गणेशमान स्मृति पार्क निर्माणको तयारीलाई तिब्रता दिएको छ । पृथ्वीनारायण शाहले उपत्यका विजय गर्दा प्रवेश मार्गका रूपमा प्रयोग गरेको स्थानका रूपमा झल्कने आवश्यक व्यक्तित्वहरूका पहिचान, घटस्थापनामा गोरखाबाट हनुमानढोकामा फूलपाती ल्याउने मार्गबारे यथोचित सूचना सम्प्रेषण गर्ने तथा अनुसन्धानमूलक कार्यमा सहयोग पुरयाउने गरी पार्क निर्माण गर्न लागेको हो ।



