गोरखा समाचारदाता
गोरखा – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रकार) बस्दै छ । बैठकले मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने छ ।
काँग्रेस उपसभापति विमलेन्द्र निधिले बैठकमा उपनिर्वाचन, नेपाल लोकतान्त्रिक फोरमसित समायोजन प्रक्रियाबारे छलफल हुने बताए ।
प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा भ्रातृ सङ्गठनको विधान संशोधन र महाधिवेशनको कार्यविधिबारे छलफल हुने तयारी रहेको जानकारी दिए ।



