गोरखा समाचारदाता
गोरखा – गोरखा जिल्लाको खरीबोट आसपास केन्द्र बिन्दु भएर बिहीबार साँझ भुक्म्पको धक्का महशुस गरीएको छ ।
बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोट देखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का तनहु , चितवन, लमजुङमा समेत महशुस गरीएको थियो । भूकम्प लगत्तै गोरखा बजारका स्थानिय सडकमा निस्किएका थिए ।
यो २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले बताएको छ ।



