गोरखा समाचारदाता
गोरखा – बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बिहीबार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ नियन्त्रणमा लिएको छ ।
कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा ११ जना सङ्लग्न रहेको अनुमान गरीएको छ । प्रहरीले रामकृण्ण भूषाल सहिति ६ जनालाई नियन्त्रणमा लिई सकेको छ । अझै ५ जना फरार रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । पक्राउपर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको प्रहरीले पुष्टी गरेको छ ।
उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको हो। उनको बैँक खातामा ६५ लाख जम्मा भएको छ ।
प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी ४ करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएका थिए । त्यसमध्ये १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले सम्म ६० लाख बरामद गरिसकेको छ ।
यसका मुख्य योजनाकार अफ्रिकीमूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका थिए । उनले रु पाँच अर्ब निकाल्ने योजना बनाएको खुल्न आएको छ ।



