गोरखा समाचारदाता
गोरखा – पर्वत र नवलपुर जिल्लामा भएको दुई घटनामा २ जनाको ज्यान गएको छ ।
प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार पर्वतको फलेबास नगरपालिका ५ को खानीगाउँ स्थित लमाह खोलामा ७२ बर्षिय भिमबहादुर कुवँरको मृत्त शरिर फेला परेको छ ।
कुवँरको शव खेतमा पानी लगाउने नहरमा घोप्टो अवस्थामा फेला थियो ।
त्यस्तै गरी बिहीबार नै नवलपुरको देवचुली नगरपालिका १६ बस्ने ५५ बर्षिय लक्ष्मीनारायण महतोको शव फेला परेको छ ।
महतोको शव समेत पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।
सम्वन्धीत जिल्ला प्रहरी कार्यालयले दुवै घटना के कसरी भएको हो भनेर अनुसन्धान गरी रहेको छ ।



