गोरखा समाचारदाता
गोरखा – नेपाली आकासमा मनसुन सकिएको भएता पनि दशैं सम्म नै फाट्टफुट्ट बर्षा हुने अनुमान गरीएको छ ।
२ दिनअघि मात्र नेपालको मनसुनको समय सकिएको भएता पनि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अझै करिब १ साता मनसुन सक्रिय रहने सम्भावना देखिन्छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । मनसुनी रेखा यताउता सर्ने क्रमले गर्दा आसपासका क्षेत्रमा हल्कादेखि भारी वर्षा कायम रहको र यसमा स्थानीय वायुको प्रभावले थप मद्दत पुरयाएको महाशाखाले जानकारी दिएको छ ।
पूर्वदेखि पश्चिमसम्म नै शुक्रबारसम्म वर्षाको सम्भावना छ । बिहीबारसम्म भने सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुने छ । शुक्रबार भने मध्य तथा पूर्वका केही स्थानमा भारी वर्षा हुने आकलन गरीएको छ । उत्त समयमा स्थानीय नदीखोलामा बाढी आउने र पहाडी भेगमा पहिरो जाने सम्भावना रहेको छ ।



