गोरखा समाचारदाता
गोरखा – मुस्ताङको लोमान्थाङमा एक विदेशी नागरिकको ज्यान गएको छ ।
हिमालयन एक्सप्लोरेसन ट्रेक मार्फत लोमान्थाङ गाउँपालिका ५ को तिरी खेजु डाडाँ पुगेका ४५ बर्षिय पासपोर्ट नम्बर १४एएल७४५९० को फ्रान्सेली नागरिक जेन मार्क ब्लान्चाड बिरामी भएका थिए ।
उनलाई उपचारको लागि जोमसोमको जिल्ला अस्पताल ल्याए पछि चिकित्सकहरुले मृत्त घोषित गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी कृण्णबहादुर कार्कीले बताए ।



