गोरखा समाचारदाता
गोरखा – तेलगु सिने उद्योगका चर्चित हास्यकलाकार वेणु माधवको निधन भएको छ ।
माधवको क्रममा एक निजी अस्पतालमा बुधबार मध्यान्ह निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृगौला र कलेजोमा गम्भीर समस्या देखिएपछि मंगलबार उनलाई स्थानीय एक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
उनले १ सय ७० भन्दा बढी तामिल तथा तेलगु चलचित्रमा अभिनय गरेको थिए ।




















