गोरखा समाचारदाता
गोरखा – नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षकहरुको सरुवा भएको छ ।
मन्त्रिपरिषद बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा सरुवा गरेको हो ।
यसअघि एआईजीहरु कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, ठूले राई मानव स्रोत एवं प्रशासन विभागमा र बस्नेत अपराध अनुसन्धान विभागमा थिए । बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय गरेको छ।



