गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा बुधबार देखी दोस्रो सस्तो दशैं मेला शुरु भएको छ ।

नेपाल च्याम्बर अफ कर्मश गोरखाको आयोजनामा भएको मेलाको पहिलो दिन सदरमुकामको नयाँ बजार क्षेत्रबाट विभिन्न भेषभुषा, जातजातीको संस्कृती तथा संघ संस्थाको झाकीले बजार परिक्रमा गरेको थियो ।

असोज १७ गते सम्म चल्ने मेलामा खाना, स्थानिय उत्पादन तथा दशैं लक्षित सस्तो बजार सञ्चालित छ ।



















