गोरखा समाचारदाता
गोरखा – नेपाल खाद्य संस्थान गोरखाले सहुलियत दरको चामल बिक्रि गर्न शुरु गरेको छ ।
सदरमुकाम क्षेत्रका उपभोक्ताहरुलार्ई लक्षित गरि संस्थानको कार्यालय पाटेचौरबाट सहुलियतदरमा चामल बिक्रि गर्न शुरु गरेको शाखा प्रमुख नबिन बस्नेतले बताए ।
संस्थानले असोज २ गतेदेखि सहुलियतको चामल बिक्रि शुरु गरेको हो । केन्द्रिय कार्यालयबाट चामल आउन ३/४ दिन ढिलो भएकोले ढिला गरी बिक्रि शुरु गरीएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले दशै, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी सहुलियतद।को चामल बिक्रि शुरु गरेको हो ।
संस्थानले उपभोत्ताहरुलाई आउदो कात्तिक १६ गतेसम्म संस्थानको कार्यालयबाट सहुलियत दरमा चामल खरिदगर्न आग्रह समेत गरेको छ। पहिलो चरणमा २१० क्विन्टल चामल प्राप्त भएको र नपुग भए थप गर्न सकिने संस्थानको कार्यालय गोरखाले जनाएको छ ।
संस्थानले जिरा मसिनो र सोना मनसुली गरि दुईथरीको चामल बिक्रि गर्दै आएको छ । संस्थानले सोना मनसुली पहिलो प्रतिकिलो ३९ र जिरा मसिने प्रतिकिलो ५५ बिक्रि गरेको छ ।
संस्थानले बिक्री गरेको चामल बजार भाउ भन्दा सस्तो छ । गोरखा बजारमा अहिले सोना मन्सुली ४२ र जिरा मसिनो ६२ देखी ७० सम्म बिक्री हुदै आएको छ ।



