नरेन्द्र ढकाल
गोरखा – गोरखाको एक सरकारी कार्यालय मोटरसाईकल दुरुपयोग भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका पूर्व प्रमुख ब्रजकिशोर ठाकुर एक महिना अघि सरुवा भए पनि अहिलेसम्म आफूले चढेको मोटरसाइल बुझाएका छैनन् ।
‘म आएको पनि एक महिना भयो उहाँले अहिलेसम्म रमना बुझाउनु भएको छैन’ हालका प्रमुख डा. इन्द्रप्रसाद भट्ट भने ‘अब मैले मोटरसाइकल हरायो भनेर पुलिसमा उजुरी गर्न मात्र बाँकी छ ।’ ठाकुरले चढेको बा. २ ब ५४३२ नम्बरको मोटरसाइकल करिब एक साता यता मुग्लिनको एउटा होटल अघि पार्किङ गरिएको छ ।
एक महिना अघि उनी गोरखाबाट गण्डकी प्रदेशको मन्त्रालयमा तानिएका थिए । त्यसपछि उनलाई अहिले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा काज पठाइएको छ । ‘मैले पनि केही दिन अघि त्यो बाइक मुुग्लिनमा देखेको हो’ भट्टले भने ‘उहाँकहाँ कामगर्नु हुन्छ किन हाम्रो बाइक नबुझाउनु भएको हो मैले बुझेको छैन् ।’
उता पूर्व कार्यालय प्रमुख ठाकुरले भने मोटरसाइकलको कुनै दुरुपयोग नभएको दाबी गरेका छन् । गोरखा समाचारसँग कुराकानीगर्दै ठाकुरले भने सरकारी मोटरसाईकल सरकारी काममै प्रयोग भएको बताएका छन । ‘हो यो गोरखा कार्यालयकै बाइक हो ।
त्यहाँ मैले बुझबुझारक गर्न बाँकी छ’ उनले भने ‘अहिले म दमौली छु तनहुँ कार्यालयको काममा हिड्दा त्यो बाइक प्रयोग गरेको छु ।’ तनहुँको दमौलीमा रहेको उक्त कार्यालयले त्यहाँको अलवा नवलपूर समेत हेर्ने भएकाले मुग्लिनमा राखेर काममा गएको उनले बताए । ‘नेपालको गरा कान्लामा बाइकजाँदैन, साइडमा गएका बेला त्यहाँ पाकिर्ङ गरेको हो’ ठाकुरले भने ‘म अहिले दमौली छु चाबी म सँगै छ, बाइक पनि म सँगै छ ।’
तर मुग्लिनका स्थानीयले भने उक्त मोटरसाइकल हालसम्म मुग्लिनमै रहेको दाबी गरेका छन् । तिन नम्बर प्रदेशमा पर्ने मुग्लिनमा गण्डकी प्रदेश अन्तगर्त कुनै पनि काम पदैन । तर उनी त्यहाँ मोटरसाइकल राखेर व्यक्तिगत काममा हिडेको हुनसक्ने श्रोतले अनुमान गरेको छ ।
झण्डै एक महिना अघि सरुवा भएका ठाकुरले मोटरसाइकलको अलवा गोरखाका कार्यालय प्रमुखले लिने मोबाइल समेत दुरुपोग गरेका छन् । ‘अफिसको फोन हो, जिल्लाका सेवाग्राहीले कलगर्नु हुन्छ होला’ हालका प्रमुख भट्टले भने ‘तर उहाँले अहिले सम्म बुझाउनु भएको छैन्, म आएपछि जम्मा दुई पटक भेट भएको थियो, सबै बुझबुझारथ गर्नुस् भने तर अहिले सम्म किन गर्नु भएको छैन्, मैले पनि बुझ्न सकेको छैन् ।’
उता ठाकुरले भने अनुकुल मिलाएर बुझबुझारथ गर्ने बताएका छन् ।



