गोरखा समाचारदाता
गोरखा – शिक्षिकालाई जबरजस्ती गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
गोरखाको सिरानचोक गाउँपालिका–२ को आहाल भञ्जाङ माविमा कार्यरत शिक्षक जितबहादुर अधिकारीले छिमेकी विद्यालयकी एक शिक्षिकालाई फोन र फेसबुक च्याट मार्फत शारिरिक सम्र्पकका लागि बारम्बार अनुरोध गरेको र भेटेका बेला २ पटकसम्म जबरजस्तीगर्न खोजेको प्रहरी बताएको छ ।
आरोपी अधिकारीले आफूले मादकपदार्थ सेवन गरेका बेला जिस्किएर कुरा गरेको स्वीकार गरेका छन् ।
उनलाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाकी प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमला नरालले जानकारी दिइन ।



