गोरखा समाचारदाता
गोरखा – मनाङ्गमा सवारी दुर्घटना हुदा १ जनाको घटना स्थलमा नै ज्यान गएको छ ।
ङिस्याङ गाउँपालिका २ घ्यारु बाछ चामेतर्फ जादै गरेको ग.१ ज ७२७८ नम्बरको जिप सडकबाट खस्दा मकवानपुर हेटौडाका चालक २२ बर्षिय दावादोर्जे स्याङताङको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मनाङ्गले जानकारी दिएको छ ।
जिप कच्ची सडकबाट ५० मिटर तल खसेको थियो ।




















