×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भिरको बाटोमा पहिरोको त्रास

  •  
  • मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – अक्टोवर सिजन सुरुसँगै उत्तरी गोरखाका पर्यटकको चहलपहल सुरु भएको छ । मनास्लु क्षेत्र पुग्ने दुई वटा बिकल्प छन्, हेलिकप्टर चढ्ने कि, भिरैभिरको बाटो हिड्ने ? अहिलेसम्म मोटरबाटो पुग्न नसकेको त्यहाँ पदयात्राको आनन्द लिनका लागि विश्वभरका पर्यटकहरु आइपुग्ने गर्छन् । त्यसका लागि एक सातासम्म हिड्नु पर्ने हुन्छ ।

    तर नेपालकै लोकप्रिय मनास्लु पदमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा त्यहाँ पुग्ने पर्यटकहरुले वर्षेनी दुखः पाउने गरेका छन् । यसवर्ष पनि विभिन्न ठाउँमा पहिरो गएको छ । ‘तिन ग्रुप त लामो बाटो घुमेर गयो’ धार्चे ५ सिङ्लाका भक्तराज गुरुङले भने ‘हामी रित्तै त हिड्न सक्ने अबस्था छैन्, पर्यटक र भरियाको जान सक्ने कुरै भएन ।’

    मनास्लु पदमार्ग जाने विभिन्न रुट मध्ये लाप्राक, सिङ्ला हुँदै खोर्लाबेसीसम्मको बाटोमा विभिन्न ठाउँमा पहिरो गएको स्थानीयले बताएका छन् । धार्चे गाउँपालिका–५ गुम्दा र ३ उहियाको बिचमा धेरै ठाउँमा पहिरो गएको छ । ‘लाकेदा, पलुङखोला हुँदै चुवार खोलासम्मको ठाउँमा पहिरो गएको छ’ उनले भने ‘वडा, गाउँपालिका र टानमा समेत पहिरो हटाइदिन अनुरोध गरेयौं तर काम भएको छैन् ।’

    धार्चे–५ गुम्दाका अध्यक्ष तुलबहादुर गुरुङले पनि पहिरोले समस्या भएको बताएका छन् । जसले गर्दा स्थानीयलाई समेत आवातजावतमा समस्या भएको छ । देर्बुखोला देखि तिम्बा खोला, सोती देखि लापुवेसी हुँदै माछीखोलासम्म, गुम्दा हुँदै लाप्राक लापु, लाप्राक, गुम्दा हुँदै माछीखोला, गुम्दाबाट लापु जाने बाटोमा समेत विभिन्न ठाउँमा पहिरो गएको अध्यक्ष गुरुङले जानकारी दिए ।

    ‘पहिरो हटाउनका लागि प्रयास भइरहेको छ’ उनले भने ‘गाउँपालिकाले इन्जिनियर पठाएको छ उहाँले रिर्पोट पेस गरेपछि हटाउने काम सुरु हुन्छ ।’मनास्लु पदमार्ग जाने मुख्य पदमार्ग आरुघाट(माछाखोला( सिद्र्धिबास (फिलिम) मा भने यस वर्ष ठूलो पहिरो गएको छैन् । तर नेपाली सेनाले निर्माण गरेको बेनीघाट–आरुघाट–लार्केभञ्जाङ सडकको ट्रयाक खन्ने क्रममा पुरानो पैदल मार्ग पुरिदाँ यात्रुहरु मर्कामा परेका छन् ।

    ‘पहिले जस्तो बाटै भत्कियो भन्ने खबर त आएको छैन’ चुमनुब्री गाउँपालिका– १ सामागाउँका अध्यक्ष बिरबहादुर लामाले भने ‘तर आर्मीले टूयाक खनेको ठाउँमा पुरानो बाटो पुरिएको छ, जसले गर्दा हिड्न साह्रै गा¥हो भएको भएको छ ।’

    सिर्दिबासको जगत र सल्लेरीको विचमा पर्ने भिरमा पनि आर्मीले सडक खनेको माटोले पुरानोबाटो पुर्दा भारी बोक्ने मान्छे र खच्चडलाई समस्या भएको छ । ‘ठूलो भारी ल्याएको खच्चडलाई फुकालेर कटाउनु पर्ने अबस्था छ’ वडा नम्बर–३ सिर्दिबासका अध्यक्ष रामकुमार गुरुङले भने ‘आर्मीलाई भनेको ढुङ्गा हटाइदिएको थियो, फेरी खसेर उस्तै भएको छ ।’

    उत्तरी गोरखामा पर्ने धार्चे र चुमनुब्री गाउँपालिकाले पर्यटनलाई मुख्य जोड दिएका छन् । विशेषगरी चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमाल आरोहण गर्न, मनास्लु संरक्षण क्षेत्रको अवलोकन गरी लार्केपास गर्न, चुम उपत्यका लगायतका विभिन्न मनोरम स्थलहरुको भ्रमणका लागि पर्यटकहरु उत्तरी गोरखा पुग्ने गर्छन् ।

    ‘पदमार्गलाई चुस्तदुरुस्त राख्न हामीले सक्दो प्रयास गरिरहेका छौं’ चुमनुब्री गाउँपाकिला अध्यक्ष धनबहादुर गुरुङले भने ‘यस अघि समस्या रहेको ठाउँमा मर्मत गरिसकिएको छ । अहिले खासै समस्या छैन् ।’ केही दिन अघि परेको अबिरल वर्षाका कारण विभिन्न ठाउँमा गएको पहिरो हटाउनका लागि धार्चे गाउँपालिकाले प्रयास सुरु गरिसकेको अध्यक्ष सन्तोष गुरुङले बताए ।

    ‘प्राविधिक साथीहरु वडा अध्यक्ष एवं अन्य जनप्रतिनिधि त्यहाँ गइसक्नु भएको छ,’ उनले भने ‘छिट्टै पहिरो हटाएर पदमार्ग सहज रुपमा सञ्चालन हुन्छ ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.