गोरखा समाचारदाता
गोरखा – दशै सस्तो बजार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
चेम्बर अफ कमर्स गोरखाको आयोजनामा यही अशोज ८ गते देखि १७ गतेसम्म खेलुकद मैदान हरमटारीमा हुने मेलाको ८५ प्रतिशत भन्दा बढि तयारी सकिएको आयोजकले दाबी गरेको छ । ‘मञ्च व्यवस्थापन र केही साधरण सजावटका काम बाँकी छन्’ गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले भने ‘मंगलबार साँझसम्म सबै काम सकिन्छ ।’
नजिकिदै गरेको बिजया दशमीलाई लक्षित गरी आयोजना गरिएको मेलामा दैनिक उपभोग्य सामान, लत्ताकपडा, घरेलु उत्पादनका सामान, खसी बोका च्याङ्ग्रा लगायतको व्यापार हुने बताइएको छ ।
नेपालीहरुको माहान चाड वडा दशैको अबसरमा सर्वसुलव रुपमा उपभोग्य सामाग्री उपलब्ध गराउने उदेश्यले मेला गर्न लागिएको आयोजक दाबी गरेको छ ।
गत वर्ष देखि दशैको अवसमा मेला गर्न सुरु गरेको चेम्बरले यस वर्ष चामल बिक्रि केन्द्र समेत सञ्चालनमा ल्याएको छ । ‘यस वर्ष खाद्य सस्थानले सुपथ मुल्यको चामल पनि उपलब्ध गराउने भएको छ’ उनले भने ‘खसी बोका र च्याङ्ग्रा पनि १२/१३ गते नै आइपुग्ने व्यवस्था मिलाएका छौं ।’
लामो बिबाद पछि हुन लागेको मेलामा १४० भन्दा बढि स्टल राखिएका छन् । मेलाको एक कार्यक्रमका विच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।
१७ गतेसम्म चल्ने मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती समेत रहने आयोजकले बताएको छ । मेला अबलोकनका लागि २० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।



