गोरखा समाचारदाता
गोरखा – राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको कक्षा ११ को परीक्षाको नतिजा मंगलबार प्रकाशित गर्ने गरी तयारी पूरा गरेको छ ।
नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो। बोर्डको अन्तिम तयारी बैठक मंगलबार बिहान बस्दै छ ।
बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको थियो। तयारीमा कुनै प्राविधिक त्रुटी नभए मंगलबार नतिजा प्रकाशित हुने छ । ११ कक्षामा मुलुकभरका ४ हजार १ सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए। १ हजार १ सय ७ केन्द्रबाट ५ लाख ८ हजार परीक्षार्थीले परिक्षामा सहभागी भएका थिए।



