गोरखा समाचारदाता
गोरखा – नेपालकै पहिलो सुरुङ मार्ग निर्माण गर्न जापानी कम्पनी संग सम्झौता भएको छ । नागढुंगा देखी नौबिसे सम्म बन्ने उत्त सुरुङ मार्ग २।६ किलो मिटरको हुने छ ।
सोमबार सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबीच सुरुङ मार्ग बनाउन भएको हो । सम्झौतामा सडक विभाग अन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उप महानिर्देशक अर्जुनजङ्ग थापा र हाज्मा–आन्द्रो जेभीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
कम्पनीले आउदो कार्तिक÷मंसिरबाट काम थाल्ने छ । ४२ महिना भित्र काम सक्ने गरी सम्झौता भएको छ । यस अघि नै सुरुङ मार्गका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग १६ अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋणमा सम्झौता भैसकेको छ ।




















