गोरखा समाचारदाता
गोरखा – कैलालीमा १ जना बुवाले आफ्नी नाबालिका छोरीलाई विष खुवाएरु हत्या गरे पछि आफुले पनि आत्महत्या गरेका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका २५ वर्षीय रामबहादुर कलेलले आफ्नी ३ वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरे पछि आफूले पनि पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा रामबहादुरले छोरी अनुष्कालाई सल्फास नामक बिषादी खुवाएर आफूले आत्महत्या गरेको खुल्न आएको छ ।
श्रीमती सरिताले गत वैशाख १६ गते झुण्डिएर आत्महत्या गरेको र सरिताका माइती पक्षले रामबहादुरविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेका थिए । त्यस यता निकै तनावमा रहेका उनले सोही कारणले घटना घटाएको हुन सक्ने स्थानियको अनुमान छ ।
रामबहादुरलाई कैलाली अदालतले गत जेठ २६ गते पूर्पक्षका थुनामा पठाएको थियो । अदालतले उनलाई साउन २२ गतेको निर्दोष ठहर गरेपछि छुटेका थिए ।




















