गोरखा समाचारदाता
गोरखा – गोरखाको मनकामना क्षेत्रबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शहिद लखन गाउँपालिका ३ को तल्लो ग्याजामा गाँजा फाड्न गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्थानिय कमानसिं गुरुङ्गको घरबाट हतियार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी कमला नरालले बताईन ।
गुरुङ्गले बन्दुक घाममा सुकाई रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । लाइसेन्स नभएको उत्त हतियार उनै जेठानबाट खरिद गरेको गुरुङ्गले बताए । एकान्तमा घर भएको कारण जंगली जनावरहरुले दुःख दिने भएका कारण तर्सानको लागि प्रयोग गर्दै आएका थिए ।
हतियार बिक्रीगर्ने जेठानको भने ५/६ बर्ष अगाडी नै मृत्यु भई सकेको छ ।
मनकामना प्रहरीले आईतबार नियन्त्रणमा लिएको गुरुङ्ग र हतियार सोमबार सदरमुकाम ल्याईएको हो ।
गुरुङ्गलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्वा दर्ता गरी थप अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट १० दिनको म्याथ गरीएको छ ।
गुरुङ्गलाई उत्त मुद्वा प्रमाणित भएमा गंभिरता हेरेर रु १ लाख रुपैयाँ सम्म जरिवाना र १० बर्ष सम्म कैद सजाय हुन सक्ने प्रहरी कार्यालयले जानकारी दिएको छ ।
तस्विर गुगल



