गोरखा समाचारदाता
गोरखा – बैंक अफ काठमाण्डूका तत्कालीन पूर्व सीईओ अजय श्रेष्ठसहित ११ जनालाई नक्कली धिलोमा ऋण लगानी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा श्रेष्ठका अलावा बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी र ऋणी सुरेन्द्र श्रेष्ठ लगायत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली धितोमा ऋण लिएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । कर्जा लगानी भएको बेला श्रेष्ठ बैंकका सीईओ थिए ।
खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेको अभियोगमा प्रहरीले तत्कालीन सीईओ श्रेष्ठ र बैंकका अन्य कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये तीन जना बैंकको बहालवाला कर्मचारी पनि छन ।



