गोरखा समाचारदाता
गोरखा – भत्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आगलागी भएको छ ।
सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा बिहान ५ बजे आगो लागेको बालकोट प्रहरीले जानकारी दिएको छ ।
के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएको थियो ।
आगलागि नियन्त्रणका लागि काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।
आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएका छ ।
उहाँले आगलागीबाट करीब रु २५ लाख बराबरको क्षतिको अनुमान गरिएको छ । उद्योग आगलागि भएको बेला कोही पनि कामदार नभएकोले मानविय क्षति भने हुन पाएन ।



