गोरखा समाचारदाता
गोरखा – शनिवार राती आएको वर्षाले बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा बाढी आउदा २ जना वेपत्ता भएका छन भने २ घर बगाएको छ ।
मध्यरातमा आएको बाढीले दुईघरमा क्षति पुरयाए संगै बाढीले ५ र १० वर्षका दुई बालिकाहरु बगाएर बेपत्ता बनाएको म्याग्दी प्रहरीले जनाएको छ ।
बाढीले बुद्ध एकेडेमीको १ पक्की भवन सहित ४ कच्ची भवनलाई पनि पूर्ण रुपमा क्षति पुरयाएको छ ।
खोलाले धार परिबर्तन गरि वस्तीमा पसेका कारण २ वटा कच्ची घर बगाएको थियो ।
हराएका दुवै बच्चाहरुको आईतबार बिहानै देखी खोजी भई रहेको छ ।
राहत र उद्धारका लागि अहिले घटनास्थलमा स्थानियहरु, प्रहरी, नेपाली सेना, शसत्र प्रहरी र प्रशासनका मानिसहरु जुटी रहेका छन् ।



