×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

सडक भासिएपछि यातायात ठप्प

  •  
  • आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – लगातारको झरीले सडक भासिदा यातायात ठप्प भएको छ । लुँइटेल भञ्जाङ-आँपिपल-हर्मी भच्चेक सडकको बोहोरा गाउँ खण्डमा सडक भासिएर पिच नै ५० मिटर तलपुगेको छ । ‘गाडी नचलेको धेरै दिनभइसक्यो’ हर्मीका स्थानीय रमित ढकालले भने ‘बनाउने काम पनि  प्रभावकारी भएको छैन्, हामी त मर्कामा परेका छौं ।

    उक्त सडक भुकम्प सहायता आयोजना अन्र्तगत एसियाली बिकास बैक एडिबीको सहयोगमा केही समय अघि कालोपत्रे भएको हो । लामो समय कच्ची सडकमा यात्रा गरेका सर्वसाधरणहरु अहिले सडक कालोपत्रे भए पनि पहिरोका कारण सवारी सञ्चालन हुन नसक्दा हिडेर गन्तव्यमा जान बाध्य छन् ।

    ‘नालीलाई च्यापेर गाडी पास गराउने अबस्था छ तर ठेकेदारले चलाउन दिएको छैन’ सो क्षेत्रका व्यापारी रहेका आँपपिपलका स्थानीय राजुकुमार श्रेष्ठले भने ‘गोदामको सामान पनि सकियो, ग्राहकलाई रित्तो हात फर्काउनु पर्ने अबस्था आइसकेको छ ।’ सवारी सञ्चालन नहुँदा कुखुरा पालक कृषकहरु बढि मर्कामा परेका छन् । दानाको ढुवानी बन्द हुँदा कुखुरा खोरैमा मर्ने अबस्था सिर्जना भएको उनले बताए । त्यो आँपपिपल अस्पतालको एम्बुलेन्स र बिरामीका लागि बस सञ्चालनमा पनि समस्या भएको छ ।

    सडक भत्किएको लामो समय सम्म मर्मतको प्रयास नभएको स्थानीयले गुनासो गरेका छन् । भत्किएको सडकको तस्बिर सामाजिक सञ्जालमा राखेर मर्मतका लागि दबाब दिइरहेका छन् । मर्मतका लागि पालुङ्टार नगरपालिका, उक्त सडकको निर्माण कर्ता र सरोकारवाला निकायले चासो नदिएको उनीहरुको भनाई छ ।

    अहिले सम्म काम सुरु नभएकाले दशैमा सम्म सकिने सम्भावना नरहेको धेरैको अनुमान छ । ‘अब त सडक पिचभयो दशैमा गाडी चढेर घर जान पाइने भयो भनेको त यस पालीपनि उस्तै’ सुजन अधिकारीले फेसबुकमा लेखेका छन् ‘मर्मतका लागि नगरपालिकाले चासो दिनु परयो ।’ यतापालुङ्टार नगरपालिकाले भने अब साता भित्र भत्किएको सडक मर्मत गरी सुचारु गर्ने दाबी गरेको छ ।

    ‘अहिले ग्याबिन भर्ने काम भइरहेको छ, झरीले गर्दा कामगर्न समस्या भएको छ’ इन्जिनियर अनुप देबकोटाले भने ‘एक साता भित्र काम कम्पिड हुन्छ ।’ दशै अघि काम सम्पन्न गर्ने गरी रातदिन काम गरिएको उनको भनाई छ । उक्त सडक एसियाली बिकास बैंकको सहयोगमा अमर जेभी कस्ट्रक्सनले निर्माण गरेको हो ।

    सोही सडकको तार्के डाडा खण्डमा पनि ठूलो पहिरो जाँदा बारम्बार यातायात प्रभावित हुँदै आइरहेको छ ।

    तस्बिर गुगल

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.