गोरखा समाचारदाता
गोरखा – महिना दिन देखी चितवन मेडिकल कलेजमा बिद्यार्थीहरुले गर्दै आएको आन्दोलन हाललाई स्थगन गरीएको छ । सनिबार सर्व पक्षिय बैठकमा भएको सहमती अनुसार बिद्यार्थीहरुले हाललाई आन्दोलनको कार्यक्रम स्थगन गरेको हो ।
नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेज (सीएमसी) मा अध्ययनरत बिद्यार्थीहरुले ३ हप्तादेखि आन्दोलन गर्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनमा विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय छलफल पछि तत्कालको लागि आन्दोलन स्थगित गरीएको हो ।
बैठकले बढी असुल गरेको शुल्कसम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका १÷१ जना प्रतिनिधि, चितवन मेडिकल कलेजका २ जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका २ जना प्रतिनिधि र अभिभावकको तर्फबाट १ जना प्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ ।
कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ । प्रतिवेदनअनुसार थप कदम चाल्ने सहमति भएको चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।
सहमतिसँगै भोली (आइतबार)बाट नै पठनपाठन सुचारु हुने भएको छ ।




















