गोरखा समाचारदाता
गोरखा – साधना लघुबित्त बित्तीय संस्था लि.ले बुटवल क्षेत्रका कर्मचारीहरुलाई धितो कर्जा ब्यवस्थापन तालिम दिएको छ ।
प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेको अध्यक्षतामा बुटवलमा सम्पन्न तालिममा लघुबित्तको आधारभुत अबधारणा, सदस्य तथा कर्जा बिस्तारमा कर्मचारीको भुमिका र धितो कर्जा लगानी गर्दा ध्यान दिनु पर्ने बिषय बस्तु बारेमा जानकारी गराइएको थियो ।
तालिममा गुणस्तरीय धितो पहिचान गर्नलाई ध्यान दिनुपर्ने कुराहरु, नगद प्रवाह बिश्लेषण, कर्जा सदुपयोगिताको बारेमा वित्तीय संस्थाका संस्थापक शेयरधनी श्री हरी प्रसाद डुम्रेले सहभागीहरुलाई सहजीकरण गरेका थिए ।
संस्थाले आफनो स्थापनाको २ बर्षको छोटो अब्धीमा अति बिकट पहाडी क्षेत्र तथा ग्रामिण क्षेत्रमा ४३ ओटा शाखा बाट ३६ हजार भन्दा बढी बिपन्न सदस्यहरु माझ लघुबित्त कार्यक्रम गर्दै आएको छ ।




















