गोरखा समाचारदाता
गोरखा – गण्डकी प्रदेश अन्तरर्गत लमजुङ र म्याग्दीमा भएको भिन्न घटनामा परी २ जनाले ज्यान गुमाएका छन भने एक जना चिनियाँ नागरिक सहित दुई जना घाईते भएका छन ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट प्राप्त जानकारी अनुसार लमजुङको दोर्दी गाउँपालिका २ लामिडाडा बस्ने ४५ बर्षिय बिर्ता गुरुङ्ग र म्याग्दीका मंगला गाउँपालिका २ बावियाचौर बस्ने पेमा तामाङको मृत्यु भएको हो ।
गुरुङ्ग बैंकको काम सकेर फकर्ने क्रममा घर नपुगेको भन्दै आफन्त द्वारा खोज्ने क्रममा दोर्दी गापा ४ को माझिखोला भिरबाट लडेर मृत्त अवस्थामा खोला किनारमा शव फेला परेको थियो भने तामाङको बावियाचौर स्थित ज्ञानि बि.क.को घरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी कृण्णबहादुर कार्कीले जानकारी दिए ।
सुरक्षा गार्ड रहेका गुरुङ्गको शब भिरबाट १ सय मिटर तल खोला किनारमा मृक्त अवस्थामा फेला परेको र तामाङको करेन्ट लागेर उपचारको लागि बेनी अस्पतालमा पुरयाउदा चिकित्सकहरुले मृत्त घोषित गरेका थिए ।
यसै बिच प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार लमजुङ्गको मस्र्याङदी गाउँपालिका ६ को डादी हाइड्रो पावरमा काम गर्ने १ जना चिनियाँ नागरिक काम गर्ने क्रममा चिप्लीएर लड्दा घाईते भएको छ । घाईते चिनियाँ नागरिकलाई उपचारको लागि पोखरा पठाइएको छ ।
त्यस्तै गरी आजै तनहुँको आँबुखैरेनी गाउँपालिका २ को खानिखोलामा बा.५ च ७४८७ नम्बरको कार अनियन्त्रीत भई सडक देखी २० मिटर तल खस्दा कार चालक भानु नगरपालिका ४ का सागर पन्त घाईते भएको छ ।



