गोरखा समाचारदाता
गोरखा – गोरखाको गाँखुमा खुल्ला फूटवल प्रतियोगिता हुने भएको छ ।
हिमाली तमू युवा क्लबको आयोजनामा ‘पाँचौ खुल्ला फूटवल प्रतियोगिता’ हुन लागेको हो । सिरानचोक गाउँपालिका ६ को गैरागाउँमा गैरा कप प्रतियोगिता हुने आयोजक क्लबका अध्यक्ष बिक्रम गुरुङ्गले बताए ।
प्रतियोगिता असोज १३ गते देखी सञ्चालनमा आउने छ । क्लबले ०७२ साल देखी बर्षेनी प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगितामा स्थानिय कला संस्कृतीको प्रर्दशन, स्थानिय खानाको प्रर्दशन तथा भेषभूषा र संस्कृतीको समेत प्रर्दशन हुने आयोजक क्लबले जानकारी दिएको छ ।
गत वर्ष पोखरा र लमजुङ्ग जिल्लाबाट गरी कुल ३६ टिमले सहभागिता जनाएको थियो । यो बर्ष विभिन्न जिल्लाको ४० टिमले सहभागिता जनाउने आयोजक क्लबले अनुमान गरेको छ ।
प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई क्रमश. ५० र २५ हजार नगदका साथै कप, मेडल र प्रमाण पत्र प्रदान गरीने छ । त्यस्तै २ सान्त्वना टिमलाई १०÷१० हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरीने छ ।



