गोरखा समाचारदाता
गोरखा – संविधान दिवश २०७६ गोरखा बजारमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

जिल्ला स्तरीय समारोह समितिको आयोजनामा बिहान गोरखा बजारको ठुलो आँगन देखी रयाली गरीएको थियो ।
जिल्ला भित्रका सरकारी कर्मचारी, जिल्ला स्थित सुरक्षा निकायका कर्मचारीहरु देखी विभिन्न राजनैतिक दल र संघ संस्थाका प्रतिनिधीहरु रयालीमा सहभागी भएका थिए ।

रयाली पदेली, पुरानो बसपार्क, शक्तिचोक, कालिमाटी बजार हुदै जिल्ला समन्वय समितिको सभा हलमा कोण सभा गरेर सम्पन्न भएको थियो ।

त्यस्तै गरी आजै लायन्स क्लव अफ गोरखाले लक्ष्मी बजार देखी गोरखा बजार सम्म खुल्ला दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा सिरानचोक गाउँपालिकाका ३ हर्मीका सन्दिप ढकाल प्रथम भएको थियो ।
त्यस्तै गरी सिरानचोक २ थालाजुङ्गका सुरज भण्डारी र गोरखा नगरपालिका ३ नारेश्वरका रञ्जित अधिकारी क्रमश.दोस्रो र तेस्रो भएका थिए । विजयी सबैलाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पुरस्कार वितरण गरेका थिए ।



























