×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सर्पदंशको उपचारको खोजीमा यी व्यक्तिले आफूलाई २०० वटा सर्पबाट डसाए

  •  
  • शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    स्वामीनाथन नटराजनबीबीसी विश्व सेवा

    प्रत्येक पाँच मिनेटमा कतै न कतै कोही न कोहीको सर्पदंशका कारण ज्यान जान्छ भने अन्य चार जना स्थायी रुपमा अपाङ्ग हुन्छन्।

    तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै यो घस्रने जन्तुसँग जोडिएका विभिन्न किसिमका अनुसन्धान गर्छन्।

    अमेरिकी राज्य विसकनसिनमा बस्ने टिम फ्रिडा त्यस्तै मध्ये एक हुन्।

    उनी जानाजान विषालु सर्पलाई डस्न लगाउँछन्, त्यसको भिडिओ खिच्छन् र युट्यूबमा अपलोड गर्छन्।

    तत्कालको दुखाइ

    सर्पले डसेपछि टिमका दुवै हातबाट रगत बगेको दृश्य

    एउटा त्यस्तै भिडिओमा, टिमले विषालु अफ्रिकी सर्प माम्बाले दुईपटक आफूलाई डसेपछि हातबाट बगिरहेको रगतको बेवास्ता गर्दै क्यामरा अगाडि बोलेका छन्।

    “ब्ल्याक् माम्बाले डसेपछि तत्काल दुख्छ। यो हजारौं माहुरीले एकैपटक टोकेजस्तै हो। माहुरीको टोकाइमा एक वा दुई मिलिग्राम विष हुनसक्छ तर माम्बाको टोकाइमा भने तीन सयदेखि पाँच सय मिलिग्रामसम्म विष हुनसक्छ।”

    त्यसपछि के भयो भन्ने पनि उनले बीबीसीलाई बताएका छन्।

    “त्यसपछि सुन्निन थाल्यो। त्यसपछिका केही दिन म थला परेँ। जति सुन्निएको थियो त्यो हेरेर सर्पले मेरो शरीरमा कति विष छोडेको रहेछ भनेर म अनुमान गर्न सक्छु। यो एकदमै पीडादायी छ।”

    खतरापूर्ण र अनैतिक

    तर उनका युट्युबका प्रशंसकजस्तै सबैजना अवाक हुँदैनन्।

    लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनका डाक्टर स्टुवार्ट एन्सवर्थ भन्छन्,”यी मानिसहरू के गर्छन् भन्ने हामीलाई थाहा छैन। यो खतरापूर्ण र अनैतिक हो। हामी उनीहरूसँग काम गर्दैनौं।”

    सर्पले टिम फ्रिडालाई डस्दै

    सर्पदंशको नयाँ र विश्वव्यापी उपचार खोज्ने प्रयास गरिरहेका संस्थाहरू मध्ये एउटा उनको पनि हो।

    सामान्यत: नयाँ खोपहरू मुसा वा अन्य जनावरमाथि प्रयोग गरिन्छ र सुरक्षित पाइएपछि मात्रै एउटा नियन्त्रित वातावरणमा मानिसमाथि परीक्षण गरिन्छ।

    “धेरै नियमन नगरिने भएकोले मानिसहरू आफैँ खोप लगाउँछन्। तर यो अभ्यासले ज्यानै पनि जानसक्छ। मानिसले यसो गर्न हुँदैन,” डाक्टर एन्सवर्थले भने।

    तर विश्वभरको फर्मस्यूटिकल उद्योगमा, एन्टी भेनम भनिने सर्पदंश लगायत विषालु जीवको टोकाइमा प्रयोग गरिने औषधीको अनुसन्धानका लागि ठोस मार्ग निर्देशन उपलब्ध छैन्।

    एक अफ्रिकी केटाले ध्रुवीय क्षेत्रमा जीवन शुरू गर्न तय गरेको आठ वर्षे यात्रा

    नयाँ खोप पत्ता लगाउने वैज्ञानिक अभियानको नेतृत्व गरिरहेको एउटा संस्था ब्रिटेनस्थित वेलकम ट्रस्टका अनुसार “उत्पादन, सुरक्षा वा अपेक्षित परिणामसम्बन्धी साझा मापदण्डहरू छैनन्।”

    घातक जोखिम

    सामाजिक सञ्जालमा फलोअर्स बढाउनका लागि आफ्नो ज्यान खतरामा पारेको भन्ने धारणालाई फ्रिडा अस्वीकार गर्छन्।

    “म युट्युब भिडिओ बनाउनका लागि यो गरिरहेको छैन – म मानिसहरूको ज्यान बचाउन चाहन्छु र परिवर्तन ल्याउन चाहन्छु। मैले अहिले काम गरिरहेका डाक्टर खोज्नका लागि मात्रै युट्युब प्रयोग गरेको हुँ। त्यो जुवा खेले जस्तै थियो। त्यसले काम गर्‍यो,” उनले भने।

    टिम फ्रिडा आफूले राखेको एउटा सर्पको टोकाइ देखाउँदै

    सर्पका तीन हजार प्रजाति मध्ये करिब दुई सयमा मात्रै कडा विष हुन्छ जसले मानिसलाई अपाङ्ग बनाउन वा ज्यानै लिनसक्छ। फ्रिडा त्यस्ता धेरै सर्पसँग परिचित छन्।

    चाहे त्यो गोमन होस् वा भाइपर होस् वा माम्बा। उनले विगत दुई दशकमा दुई सय भन्दा बढी सर्पको डसाइ सहेका छन्। त्यो भन्दा बाहेक उनले ७ सय भन्दा बढी पटक आफ्नो शरिरमा विष प्रवेश गराएका छन्।

    सर्पले टोक्दा शरीरमा प्रवेश गर्ने विषको मात्रा उल्लेख्य रूपमा फरक पर्ने गरेको छ। कुनै बेला सर्पले डस्दा शरीरमा विष नै जाँदैन त्यही भएर सुइको माध्यमबाट विष दिने मात्रालाई नियमन गर्ने तरिका पनि हो।

    फ्रिडा भन्छन्, “ब्ल्याक् माम्बा जस्तो सर्पको विष तपाईँ पूर्ण रूपमा प्रतिरोध गर्न सक्नुहुन्न भने त्यसले स्नायु प्रणालीमा असर गर्छ। जसले गर्दा डायफ्रायाम भनिने छातिलाई शरीरको तल्लो अङ्गबाट अलग गर्ने मांसपेशी कक्रक्क पर्छ र तपाईँले सास फेर्न सक्नुहुन्न, तपाईँको आँखा बन्द हुन्छ र तपाईँ बोल्न सक्नु हुन्न र तपाईँ विस्तारै हलचल गर्न सक्नुहुन्न अनि पक्षघात हुन्छ। यसले हाम्रो केन्द्रीय स्नायु प्रणालीलाई असर गर्दैन त्यही भएर मृत्यु नहुनजेलसम्म तपाईँले सोच्न भन्ने सक्नुहुन्छ।”

    गोमनको डसाइ भयानक हुन्छ

    फ्रिडाले आफ्नो घरको पछाडिको भागमा थुप्रै विषालु सर्पहरू राखेका छन् र तिनीहरूको डसाइ आफैँमाथि परीक्षण गराइरहेका छन्।

    कालो माम्ब

    “म सँग अफ्रिकाको पानी गोमन छ। यसको टोकाइ निकै भयानक हुन्छ। त्यो एकदमै कठिन र एकदमै डरलाग्दो अनुभव थियो।”

    पानी गोमनको विषमा न्यूरोटोक्सिन हुन्छ जसले स्नायु कोषलाई असर गर्छ।

    “अरू गोमन सर्पहरूमा साइटोटोक्सिन हुन्छ जसले र्‍याटल स्नेक प्रजातिको सर्प जस्तै कोषहरू मारिदिन्छ। गोमनले औंला वा हात नै सम्म पनि निकाल्न सक्छ।”

    फ्रिडा विषको कम मात्रा लिदैँ शरिरमा प्रतिरोधी प्रणाली विकास गर्ने सिद्धान्त अनुसार काम गर्छन् तर उनको यो काम गर्ने तरिकाको धेरै आलोचना भएको छ।

    प्रतिरोधी क्षमताको विकास

    अहिले हामीसँग भएको उपचार विधिमा पनि यस्तै उपाय अवलम्वन गरिएको छ तर जनावरहरूको प्रयोग गरिन्छ।

    सर्पलाई नचाउँदै पाकिस्तानमा एक मानिस

    एन्टी भेनमको उत्पादन गर्ने पद्धतिमा १९ औं शताब्दी यता नै परिवर्तन भएको छैन।

    सुइमार्फत थोरै मात्रामा भेडा र घोडालाई विष दिइन्छ। र त्यसपछि एन्टीबडिज भनिने रोगहरूसँग लड्ने रगतमा उत्पादन हुने एक किसिमको प्रोटिनलाई ती दुवै जनावरबाट संकलन गरिन्छ।

    “हामीसँग मलाई मार्न चाहने जीवहरू छन् तर म मर्न चाहन्नँ। त्यसैले म स्वयम् घोडा बनेको हुँ। हामी किन आफैँ आफ्नै रोगसँग लड्ने क्षमता बन्न सक्दौनौं?” फ्रिडा प्रश्न गर्छन्।

    पहिला ट्रक चालक रहेका ५१ वर्षीय फ्रिडा कहिल्यै विश्वविद्यालय गएनन्।

    कुनै पनि विषालु जीवका कारण मर्न सकिन्छ भन्ने डरले उनलाई लगभग २० वर्षदेखि यस्तो अस्वभाविक काम गर्न प्रेरित गरिरहेको छ।

    उनले सुरुमा माकुरा र बिच्छीलाई टोकाएर यस्तो प्रयोग सुरु गरे। त्यसपछि गोमन र कोपरहेड नामका विषालु सर्पलाई प्रयोग गरे।

    “मैले यो ग्रहमा भएका सबै किसिमका विषालु सर्पबाट आफूलाई टोकाएको छैन। जुनले छिट्टै ज्यान लिनसक्छ त्यसलाई मात्रै छानेको छु।”

    सर्पले टोकेको घाउको थुप्रै चोट उनको जिउमा छ र उनी त्यसरी टोकाउँदा मृत्युको नजिकसम्म पुगेका छन्।

    तैपनि कुनै चिकित्सकको सुपरिवेक्षण बिना सर्पलाई टोकाएकामा उनी खुसी छन्।

    “करिब १२ पटक मलाई निको हुन निकै गाह्रो भयो। पहिलो वर्ष मैले अनुसन्धानका लागि दुईवटा गोमनलाई टोकाएपछि अस्पतालमै भर्ना हुनुपरेको थियो। तपाईँले सिकाइको त्यो चरण पार गर्नैपर्छ। विश्वमा यसबारे सिकाउने कुनै चिकित्सक वा विश्वविद्यालय छैन।”

    रोग प्रतिरोधी क्षमता दोबर

    चिकित्सा परीक्षणले उनले अपनाएको विधिले काम गरिरहेको देखाएपछि उनको आत्मविश्वास वृद्धि भएको छ।

    “अरूको तुलनामा मेरो जिउमा विषसँग लड्न सक्ने दोबर संख्यामा एन्टीबडिज छन्। प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि गरेको हो,” उनले दाबी गरे।

    करिब दुई वर्षअघि, टिम फ्रिडाको युट्युब भिडिओहरूले इम्युनोलोजिष्ट भनिने रोग प्रतिरोधि क्षमता विकासमा काम गर्ने विशेषज्ञ ज्याकोब ग्लानभिलको ध्यान तान्यो। ग्लानभिलले विषको औषधी उत्पादन गर्ने आफ्नै कम्पनी खोल्नका लागि फाइजर नामक एउटा ठूलो औषधी निर्माता कम्पनीको प्रमुख वैज्ञानिकको पद छोडेका थिए।

    “टिमले जे गरे त्यो असाधारण छ तर यो एकदम खतरनाक छ र त्यस्तो गर्न म कसैलाई पनि सुझाउँदिन,” ग्लानभिलले भने।

    नयाँ किसिमको एन्टी भेनम बनाउनका लागि कम्पनीले फ्रिडाको रगतको नमुना लिएको छ।

    बेवास्ता गरिएको रोग

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष ५४ लाख मानिसहरूलाई सर्पले डस्छ। मृत्यु हुनेको सङ्ख्या ८१ हजारदेखि एक लाख ३८ हजार सम्म भएको आकलन गरिएको छ। अन्य चार लाख भन्दा बढी स्थायी रुपमा अपाङ्ग बन्छन् जसले उनीहरूको जीवनलाई कष्टकर बनाउँछ।

    सर्प

    तर सन् २०१७ अघिसम्म विश्व स्वास्थ्य सङ्गठनले सर्पदंशलाई बेवास्ता गरिएको ट्रपिकल रोगको रूपमा राखेकै थिएन्।

    प्रत्येक वर्ष, सेप्टेम्बर १९ तारिखमा सर्पदंशको जनचेतना जगाउने दिवसको रुपमा मनाइन्छ।

    एशिया, अफ्रिका र दक्षिण अमेरिकाका ग्रामीण समुदायमा रहेको सर्पदंशको समस्यालाई सार्वजनिक सम्बोधन गर्न यो दिवस मनाइन्छ। यी समुदायले अझै पनि आधुनिक स्वास्थ्य सेवाबाट पूर्ण रुपमा फाइदा लिन सकेका छैनन्।

    धेरै देशमा भण्डारण गर्ने समस्या सहितका विभिन्न कारणले एन्टी भेनम प्रभावकारी देखिदैँन। कतिपय एण्टी भेनमले कुनै एक खास प्रजातिको सर्पमा मात्रै काम गर्ने र अरू प्रजातिको सर्पले टोक्दा परिणाम नदिने गरेको पाइन्छ।

    मुसा

    यो वर्ष मे महिनामा, वेलकम ट्रस्टले नयाँ उपचार प्रणाली विकास गर्न र एन्टी भेनमलाई प्रभावकारी बनाउनका लागि १० करोड डलरको कोष स्थापना गर्ने घोषणा गरेको छ।

    मुसामाथि परीक्षण गरिँदै

    अन्य थुप्रै सङ्गठनले पनि सुरक्षित र किन्न सकिने खालको औषधी विकास गर्न खोजी रहेका छन्।

    ग्लानभिलसँग गरिएको सम्झौताबाट उनीहरूले नयाँ औषधीको खोजी गर्न सके त्यसबाट फ्रिडाले उल्लेख्य मात्रामा पैसा कमाउन सक्छन्।

    “तपाईँले पैसाका लागि सर्पलाई डसाउनु हुन्न। तर यदि हामीले त्यस्तो खोप बनाउन सक्यौं भने त्यसले थुप्रै पैसा ल्याउँछ। मसँग वकिल छन् र म सँग हस्ताक्षर गरिएको सम्झौता छ,” फ्रिडाले भने।

    ग्लानभिल आउँदा परीक्षणबारे उत्साहित छन्।

    “यो अनुसन्धान एकदमै टाढा छ – हामी मुसामा परीक्षण सुरु गर्न लागेका छौं।”

    टिम फ्रिडा

    उद्देश्यसहितको अतिवाद

    आफ्नो अपरम्परागत प्रयासका लागि ग्लानभिल र फ्रिडाले वैज्ञानिक वृत्तबाट ठूलो आलोचना झेलिरहेका छन्। तर पनि उनीहरूले आफ्नो अनुसन्धानको सशक्त बचाउ गरिरहेका छन्।

    ग्लानभिल भन्छन्, “हामीले स्वस्थ्य अनुसन्धानको आचारसंहितालाई ध्यानपूर्वक सम्बोधन गरेका छौ। हामीले अरू चीजका कारण रहेका जोखिम, कार्यस्थलमा हुने चोटपटक, एसआइभी यस्तै ढाँचाबाटै अध्ययन गरेका हौँ।

    फ्रिडा आफूले रोजेको बाटो अरूका लागि सजिलो नभएको बताउँछन् तर उनी परिणाम आउनेमा आशावादी छन्।

    “मेरो अतिवाद पछाडि एउटा प्रयोजन छ। मैले एउटा सर्वसुलभ र एउटै उपचारको खोजीमा आफैँलाई प्रयोग गरेको छु।”

    bbc

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.