×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

धूमपान: भारतमा भेप प्रतिबन्धित, नेपालमा पनि नियन्त्रणको माग

  •  
  • शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दक्षिणी छिमेक भारतमा इलेक्ट्रोनिक सिगरेट तथा भेपमाथि प्रतिबन्ध लगाइएपछि नेपाल सरकारले पनि त्यस्तो नीति अवलम्बन गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।

    कागजमा बेरेको सुर्तीमा आगो बालेर धुँवा तान्ने परम्परागत चुरोटभन्दा फरक ब्याट्रीको सहायताले एउटा सानो उपकरणमा राखिएको सम्मिश्रणबाट निकोटिनयुक्त धुवाँ तान्नुलाई भेपिङ भनिन्छ।

    धूमपानको विकल्पका रूपमा अघि सारिएको भए पनि त्यसले कुनै न कुनै रूपमा स्वास्थ्यमा असर पार्ने विज्ञहरूको भनाइ छ।

    हालसम्म भेप वा इलेक्ट्रोनिक चुरोटको प्रयोगका कारण सर्वसाधारणको स्वास्थ्यमा के कस्तो असर परेको छ भन्ने कुनै अध्ययन भएको छैन।

    तर भेप र ई-सिगरेट अस्वस्थकर भएकाले विभिन्न समृद्ध मुलुकले तिनको प्रयोग रोक्न थालेको औँल्याउँदै नेपालले पनि तत्काल उपयुक्त निर्णय गर्नुपर्ने धारणा श्वासप्रश्वासको विशेषज्ञता भएकी चिकित्सक डा. रक्षा पाण्डेको छ।

    “भेपको प्रयोग युवाहरूले गर्ने र उनीहरूको प्रतिरोधात्मक क्षमता तुलनात्मक रूपमा धेरै हुने हुँदा यसको प्रयोगकै कारण उत्पन्न समस्याबारे तत्काल थाहा पाउन गाह्रो पर्छ। यसको असरबारे थाहा पाउन कम्तीमा पाँचदश वर्ष लाग्छ,” पाण्डेले बीबीसी न्यूज नेपालीसँग भनिन्।

    सरकारले यस्ता किसिमका वस्तुको प्रयोगले स्वास्थ्यमा पार्न सक्ने प्रभावबारे चेतना फैलाउनुपर्ने विज्ञहरूको भनाइ छ।

    सरकारी धारणा

    सरकारी अधिकारीहरूले भने भेपको विषयमा हालसम्म कुनै किसिमको छलफल नभएको बीबीसीलाई जानकारी दिए।

    धूमपान

    भेपकै विषयमा ठोस छलफल नभए पनि सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्नका लागि २०६८ मा छुट्टै ऐन बनाएको मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठ स्मरण गर्छन्।

    ऐनले सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नहुने व्यवस्था गर्नुका साथै त्यस्तो गरेको पाइएमा दण्डको व्यवस्था पनि गरेको छ।

    “कानुनी रूपमै धूमपान वा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गरिने भनिएकाले यस्ता वस्तुको प्रयोगको नियमन भने कडाइका साथ गर्नुपर्छ,” श्रेष्ठले भने।

    तर अहिलेसम्म उक्त ऐनका प्रावधानहरू पूरै कार्यान्वयन नभएको उनी स्वीकार्छन्।

    नेपालमा कस्तो छ बजार ?

    नेपालमा भेप व्यापारीहरू केही समययता चीनबाट आयात गरिएका सस्ता सामानको माग र बिक्री उल्लेख्य रहेको बताउँछन्।

    द भेप नेपालका सञ्चालक सागर श्रेष्ठका अनुसार नेपालमा भेपको बजारीकरण करिब चार वर्षअघि सुरु भएको हो।

    अहिलेको अवस्थामा भने आफूहरूले बिक्री गर्ने ब्रान्डेड सामानको बजार त्यति राम्रो नरहेको उनले बताए।

    “एकै दिनमा २५ देखि ३० हजार रुपैयाँ सम्मको कारोबार हुन्थ्यो। अहिले १० हजारको हाराहारीमा झरेको छ,” श्रेष्ठले भने।

    Skip Twitter post by @gbudhathoki
    Gajendra Budhathoki @gbudhathoki

    इन्डियामा इसिगरेटमाथि प्रतिबन्ध लागेछ, त्यहाँ नबिकेका खतरनाक चिज नेपालमा डम्प होला । विचार गर नेपाल सरकार @hello_sarkar @PM_Nepal

    92
    8:22 PM – Sep 18, 2019
    Twitter Ads info and privacy

    21 people are talking about this

    End of Twitter post by @gbudhathoki

    आफूहरूले १८ वर्षभन्दा मुनिका किशोरकिशोरीलाई भेप नबेच्ने हुँदा पनि बजार पहिलेको जस्तो नभएको उनको निष्कर्ष छ।

    अठार वर्षभन्दा माथिका धेरैले मानिसले केही समय भेप प्रयोग गरे पनि लामो समय प्रयोग नगरेको र त्यसैले बजार नफैलिएको उनको बुझाइ छ।

    किन लगाएको भारतले प्रतिबन्ध ?

    भारत सरकारले इलेक्ट्रोनिक चुरोट अर्थात् ई-सिगरेट माथि पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

    स्वास्थ्यलाई नराम्रो असर पुर्‍याएको भन्दै मन्त्रिपरिषद्को निर्णयबाट ई-सिगरेट उत्पादन, आयात तथा बेचबिखनमा रोक लगाइएको हो।

    भारतकी अर्थमन्त्री निर्मला सीतारमणका अनुसार भेपिङका लागि प्रयोग हुने सामग्रीले युवामाथि पारेको प्रभावका कारण त्यसमाथि प्रतिबन्ध लगाउनका एउटा अध्यादेश पारित गरिएको हो।

    तर उक्त निर्णयले भेपिङ उपकरणको प्रयोगमा पनि रोक लगाउँछ वा लगाउँदैन भन्ने कुरा भने स्पष्ट छैन।

    भारतमा १० करोडभन्दा बढी युवा धूमपान गर्छन् र विद्युतीय चुरोट निर्माताहरूका लागि भारत लोभलाग्दो बजार बनेको छ।

    के हो भेपिङ ?

    भेपलाई धूमपानका विकल्पका रूपमा हेरिए पनि स्वास्थ्यमा यसले कस्तो असर पार्छ भन्ने विषयमा भने पर्याप्त जानकारी छैन।

    निकोटिन, पानी र सुगन्धको सम्मिश्रण रहेको पदार्थ भेपिङमा प्रयोग हुन्छ।

    भारत धूमपान

    भारतमा प्रतिबन्ध उल्लङ्घन गर्नेलाई तीन वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ। परम्परागत सुर्तीजन्य पदार्थ प्रयोग गर्नेहरूको हकमा भने उक्त नियमले फरक पार्नेछैन।

    “यसको अर्थ उत्पादन, आयात, निर्यात, वितरण र ई-चुरोटसँग सम्बन्धित विज्ञापनमाथि रोक लगाइएको छ,” सीतारमणले पत्रकार सम्मेलनका क्रममा भनिन्।

    उनका अनुसार भारत र अमेरिकाका कतिपय घटनाले युवा पुस्ताले भेपिङलाई “स्टाइल स्टेटमेन्ट”का रूपमा लिने गरेको देखाएको छ।

    सुर्तीजन्य पदार्थ खपतका हिसाबले भारत विश्वको दोस्रो ठूलो बजार हो। पहिलो स्थानमा चीन पर्छ।

    भारतमा सुर्तीजन्य पदार्थ सेवनबाट देखा पर्ने रोगका कारण बर्सेनि नौ लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन्।

    भेपका समर्थकहरूले भने भेपमाथिको प्रतिबन्धले धूमपान गर्न छोडेकाहरूलाई पुन: धूमपान सुरु गर्ने प्रेरणा दिने दाबी गर्छन्।

    तर भारतको स्वास्थ्य मन्त्रालयले भने यो निर्णय जनहितमा रहेको र त्यसले भेपको महामारी नफैलियोस् भन्ने कुरा सुनिश्चित गरेको दाबी गरेको छ।

    के छ विश्वमा अवस्था ?

    भेपका लागि भारतीय बजार तयार देखिए पनि अमेरिका र ब्रिटेनमा जसरी तीव्र गतिमा यसको बजार विस्तार हुन सकेको छैन।

    सन् २०१८ मा अमेरिका, ब्रिटेन र फ्रान्समा धुवाँरहित सुर्तीजन्य पदार्थ र भेपिङ सामग्रीमा १० अर्ब अमेरिकी डलर खर्च गरिएको थियो।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा धूमपान गर्नेहरूको सङ्ख्या थोरै भए पनि घटेको छ। तर भेपको सन्दर्भमा भने अवस्था फरक छ।

    सन् २०११ मा भेप प्रयोग गर्नेहरूको सङ्ख्या ७० लाख रहेकामा सन् २०१८ मा उक्त सङ्ख्या चार करोड १० लाख पुगेको छ।

    बजारसम्बन्धी अध्ययन गर्ने एउटा कम्पनी युरोमोनिटरका अनुसार भेप सेवन गर्ने युवाहरूको सङ्ख्या सन् २०२१ सम्ममा बढेर करिब पाँच करोड ५० लाख पुग्ने अनुमान गरिएको छ।

    अमेरिकामा ई-चुरोटका कारण फोक्सोको रोग लागेका ४५० वटा घटना प्रकाशमा आएका छन्। तेत्तीसवटा राज्यमा कम्तीमा छ जनाको मृत्यु भएको बताइएको छ।

    अमेरिकाका स्वास्थ्य अनुसन्धानकर्ताहरूले ती समस्या कुनै पदार्थ सेवनका कारण भएको हो वा अत्यधिक प्रयोगका कारण हो भन्ने कुरा पत्ता लगाउने प्रयत्न गरिरहेका छन्।

    अमेरिकामा न्यूयोर्क राज्यले भेपको प्रयोगमा प्रतिबन्ध लगाएको एक दिनपछि भारतले पनि त्यो पदचाप अनुसरण गरेको हो।

    आलोचकहरूका अनुसार भेपमा प्रयोग हुने सुगन्धले बालबालिकाहरूलाई आकर्षित गर्छ र उनीहरू निकोटिनको लतमा फस्न सक्ने सम्भावना बढाउँछ।

    bbc

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.