गोरखा समाचारदाता
गोरखा – संविधान दिवशको पुर्व सन्ध्यामा भएको मैत्रिपुर्ण भलिवल प्रतियोगितामा राष्ट्र सेवक टिमले जित हात पारेको छ ।
गण्डकी प्रदेश सरकारको आयोजना तथा प्रदेश प्रहरी कार्यालय पोखराको समन्वयमा भएको प्रतियोगिताको फाइनल खेलमा पश्चिमाञ्चल खेलकुद बिकास समितीलाई हराएर राष्ट्र सेवक कर्मचारीहरुको टिमले जित हात पारेको प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी कृण्णबहादुर कार्कीले जानकारी दिए ।
जित हात पारेको राष्ट्र सेवक कर्मचारीहरुको समूहलाई आजै एक कार्यक्रम बिच पोखरामा गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वीसुब्बा गुरुङ्ग, आर्थिक मामिला मन्त्रि किरण गुरुङ्ग र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बिनोद शर्माले संयुत्त रुपमा सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा ५ समूहले सहभागिता जनाएको थियो ।



