गोरखा समाचारदाता
गोरखा – प्रतिनिधी सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको संबोधन स्थगित भएको छ ।
बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले संबोधन गर्ने कार्यक्रम नरहेको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलले जानकारी दिएको हो ।
प्रतिनिधिसभाको चालु अधिवेशनको आज अन्तिम दिन संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले संबोधन गर्दैछन् । तर नेकपाको तर्फबाट भने संसदीय दलका उपनेता नेम्वाङले नै संबोधन गर्नेछन् ।



