गोरखा संबाददाता
गोरखा – गोरखामा विप्लवको १ जना कार्यकता पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार विप्लव नेतृत्वको जिल्ला स्तरीय दलित कार्यकता पक्राउ परेको हो ।
प्रहरीले दलित मुक्तिमोर्चाका जिल्ला अध्यक्ष चिनकाजी बिकलाई मंगलबार उनकै निवास सिरानचोक गाउँपालिका–३ वयापानीबाट पक्राउ गरेको हो ।
केही समय अगाडी उनी बिरुद्व राजद्रोह र बिष्फोटक पदार्थ सम्बन्धी मुद्धा दर्ता भए पछि फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाको सूचना अधिकारी कमला नरालले बताईन ।
पक्राउ परेका उनलाइ सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको कार्यालयले जानकारी दिएको छ ।




















