गोरखा समाचारदाता
गोरखा – द्रब्य शाह बहुमुखी क्याम्पसको ३५ औं बार्षिक उत्सव सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष धिरजबहादुर मास्केको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै अवसरमा क्याम्पसले नगरपालिका भित्रका मावि स्तरिय नृत्य प्रतियोगिता समेत आयोजना गरेको थियो । १८ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ओल्ड क्यापिटल रानीबन प्रथम भएको छ । त्यस्तै लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार द्धितिय र द्रब्यशाह बहुमुखी क्याम्पस तृतिय भएका छन् ।
प्रतियोगितामा बिरेनचोकको रत्नराज्यलक्ष्मी मावि सान्त्वना भएको क्याम्पसले जनाएको छ । विजयी विद्यालयलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख राजनराज पन्त, क्याम्पस सञ्चालक समितिका सदस्य रोलक बहादुर थापा, गोरखा क्याम्पसका सहायक प्रमुख भद्रराज त्रिपाठी, प्राध्यापक प्रतिनिधी कुशललाल श्रेष्ठ, सहायक क्याम्पस प्रमुख एकदेव अधिकारी लगायतले बोलेका थिए ।
त्यस्तै बार्षिक उत्सव कार्यक्रममा क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बार्षिक गतिविधी तथा आगामी कार्ययोजना समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।



