×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३३ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

जनचेतना अभावका कारण हिंशा बढ्यो : सरोकारवाला

  •  
  • मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जनचेतना अभावका कारण समाजमा बिभिन्न खाले हिंशा बढेको सरोकारवालाहरुले बताएका छन् ।

    रोडियो गोरखा र विश्वास नेपाल नामक संस्थाको आयोजनामा भएको ब्यवसायिक बाल यौन शोषण, बेचबिखन तथा बढ्दो आत्महत्या बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सचेतना अभावका कारण हिंशाले प्रश्रय पाएको बताएका हुन् ।

    ‘देशले नयाँ संविधान पायो, नयाँ ब्यवस्था आयो तर त्यसले मात्रै परिवर्तन नहुदो रहेछ’ गोरखा नगरपालिकाकी उपप्रमुख विनाकुमारी श्रेष्ठले भनिन् ‘अझै पनि महिला, बालबालिकालाई हेर्ने नजर उस्तै संकिर्ण छ, जवसम्म हाम्रो सोचमा परिर्वतन हुदैन तबसम्म अहिले भइरहेका सबै खाले हिंशा र पिडाको अन्त्य हुन सक्दैन ।’ बालविवाहका कारण पनि समाजमा बिभिन्न खाले समस्या उत्पन्न भएको उनले बताइन् ।

    त्यस्तै गण्डकी गाउँपालिकाकी उपप्रमुख ललिता अधिकारीले देशमा सबै खाले हिंशा विरुद्ध नीति बनेपनि कार्यान्वयनको पाटो फितलो बनेको बताएकी छिन् । ‘सधै अरुलाई दोष दिने मात्रै हाम्रो बानी छ तर आफ्नो जिम्मेवारी वहनको बिषयमा हामी सोच्दैनौ’ अधिकारीले भनिन ‘देशमा सबै खाले हिंशाका विरुद्ध नीति नियम छ तर ब्यवहारमा लागु छैन, यस कारण पनि समस्या बढेको हो ।’

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले समाजमा सकरात्मक भावनाको अभाव रहको टिप्पणी गरे । ‘जबसम्म हामी आफै सचेत हुदैनौ तबसम्म हामीमा हिंशा भइ नै राख्छ’ थापाले भने ‘हरेक कुरामा प्रश्न राखौ, सकरात्मक प्रतिवाद गरौ सबै खाले हिंशाको अन्त्य निश्चित छ ।’

    त्यस्तै मानवअधिकार सञ्जालका संयोजक यदु अधिकारीले नागरिकका आधारभुत आवस्यकता पूर्ति हुने वातावरण नबन्दासम्म यस्ता घटना भइरहेको बताए । पश्चिमी संस्कृतीका नाममा हुने छाडापनले समेत हिंशा र आत्महत्याको दर बढेको प्याब्सन गोरखाका अध्यक्ष सीताराम तिवारीले बताएका छन् ।

    संस्कार घर र विद्यालयबाट सिकाउनुपर्नेमा जोड दिदै नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापति भगवानाबु मास्केले सामाजिक सञ्जालको दुरुपयोगका कारण समाजमा समस्या झाँगिदै गएको टिप्पणी गरे ।

    नेपाल पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठले रेमट्यिान्सको उचित सदुपयोग नहुदा मनोरञ्जनका नाममा विकृती फैलिएको धारणा राखे ।

    त्यस्तै महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष साविधी भट्टले पेशाका नाममा महिलाले आफ्नो पहिचान गुमाउन नहुनेमा जोड दिइन् । महिला र बालबालिकालाई समाजले मनोरञ्जनको साधनका रुपमा मात्रै हेर्दा समस्या बढेको उनको तर्क छ ।

    कानुन परिवर्तन भएपनि नागरिकको ब्यवहार परिवर्तन नहुदा दिनानुदिन बिभिन्न खाले हिंशाका घटनाका उजुरी बढेको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरिक्षक कमला नरालले बताइन् ।

    विश्वास नेपालका अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल टूेड युनियन काँग्रेस गोरखाका अध्यक्ष सरद श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष रीता रेग्मी, सौन्दर्य कला ब्यवसायी संघका अध्यक्ष सुकु श्रेष्ठ, सुमती श्रेष्ठ लगायतले बोलेका थिए ।

    कार्यक्रममा विश्वास नेपालका कार्यक्रम संयोजक परशुराम चौधरीले गोरखा सहित बिभिन्न जिल्लामा भएका बाल योन शोषण, बेखबिचन तथा आत्महत्या लगायतका घटनाको अवस्थाका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण रेडियो गोरखाका सहायक स्टेशन मेनेजर नरहरी सापपकोटाले गरेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.