गोरखा समाचारदाता
गोरखा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गोरखा नगरकमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ ।
नगरपार्टी कार्यालय चाईनिज धारामा भएको बैठकले संगठन निर्माणको कामलाई तिव्रता दिने निणर्य गरेको नगरपार्टी सचिव कृष्णराना मगरले बताए । बैठकमा नगरपालिका भित्रका १४ वटै वडाका वडापार्टी अध्यक्षहरुले वडा कमिटीका काम र हरेक वडाका पार्टी कमिटीहरुले सञ्चालन गरेका गतिबिधिहरु सम्बन्धी प्रतिवेदन प्रस्तुत गरीएको थियो ।
नगर कमिटी गठन पश्चात सबै वडामा गरी १ सय ३२ टोल कमिटीको निर्माण र गठनको काम अन्तिम चरणमा पुगेको बैठकमा जानकारी गराईएको सचिव मगरले जानकारी दिए ।
बैठकले आउदो बैठकसम्म पार्टीले गर्ने कामको निर्णय पनि गरेको थियो । पार्टी जिल्ला इन्चार्ज कृष्ण धिताल सह–इन्चार्ज अमर तुम, जिल्ला सचिव प्रेम गुरुङ, प्रदेश कमिटी सदस्यहरु बाबुराम थापा, संझना देवकोटा, डिल ब सेन्चुरी लगायत जिल्ला कमिटी सचिवालय सदस्यहरु बैठकमा सहभागि थिए ।
बैठकमा जिल्ला इन्चार्ज धिताल, सह इन्चार्ज अमर तुम र जिल्ला सचिव प्रेम गुरुङले प्रशिक्षण मूलक मन्तव्य राखेका थिए।



