गोरखा समाचारदाता
गोरखा – समाजबादी पार्टी नेपाल गोरखाले जिल्लाको थप ४ स्थानिय तहमा पार्टी समायोजन प्रक्रिया टुङग्याएको छ ।
पछिल्लो पटक पालुङटार नगरपालिका र आरुघाटघाट, गण्डकी गाँउपालिका र अजिरकोट गाउँपालिकामा एकता प्रक्रिया सम्पन्न गरेको समाजबादी पार्टी भिमसेन थापा गाउँपालिका अध्यक्ष रोहित पाण्डेले बताए।
आरुघाट गाउँपालिककामा भएको एकताबाट पूर्वएमालेका गाउँपार्टी सदस्य मानध्वज खड्कालाई पार्टी प्रवेश गराएर गाउँपालिको जिम्मेवारी दिएको छ । आरुघाट गाउँपालिकामा खड्काको नेतृत्वमा २७ सदस्सीय गाउँपार्टी किमिटी गठन भएको पाण्डेले जानकारी दिए । कार्यक्रममा ६५ जना समाजबादी पार्टी नेपालमा प्रवेश गरेका थिए ।
त्यस्तै पालुङटार नगरपालिमा भएको भेलाले पूर्व नयाँशक्ति पार्टी नेपालका असोक देवकोटा नगरकमिटी अध्यक्षमा चयन गरेको छ । भेलाले उपाध्यक्षमा देवी माया गिरी, गणेश थापा, इन्दिरता खाती, सचिवमा सन्तोष पोखरेल, सह सचिवमा दीपक घिमिरे र कोषाध्यक्षमा शम्भु कौडाललाई चयन गरेको छ ।
पालुङटार नगरपार्टी समायोजना गर्न आयोजित भेलाले ४९ सदस्सीय कमिटि गठन गरेको छ ।
समाजबादी पार्टी अजिरकोट गाऊँपालिका समायोजन घोषणा सभाबाट अध्यक्षमा सुमन परियार र सचिब माधब अधिकारी सहित को १७ सदस्सिय कमिटी गठन भएको छ ।
त्यस्तै गरी गण्डकी गाऊँपालिका भएको समायोजन घोषणा सभा बाट यमदत्त दुबाडी अध्यक्षमा निर्वाचित भएको छ । दुबाडीको नेतृत्वमा २५ कमिटि गठन भएको छ ।



