गोरखा समाचारदाता
गोरखा – रोट्ररयाक्ट क्लब अफ बज्र मनासलुले राष्ट्रिय बालदिवशका अवसरमा विद्यार्थीहरु बिच बिभिन्न प्रतियोगिता सम्पन्न गरेको छ ।
गोरखा नगरपालिका ४ मा रहेको ढुंगागाढे आधारभुत विद्यालयमा भएको कार्यक्रममा हस्तलेखन, चित्रकला, नृत्य, बेलुन फुटाई, म्युजिकल चियर, चम्चा गुच्चा लगायतका प्रतियोगिता भएको हो ।
प्रतियोगितामा सोही विद्यालयका विद्यार्थीहरुले प्रतिस्प्रधा गरेका थिए । क्लबका अध्यक्ष अनुशा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ बज्र मनासलुकाअध्यक्ष रुषबाबु जोशी, प्रेम बहादुर राना, कार्यक्रम संयोजक सन्दिप बयलकोटी लगायतले बोलेका थिए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई बिभिन्न शैक्षिक सामाग्री पुरस्कार वितरण गरेको क्लबकी रोस्ता श्रेष्ठले जानकारी दिइन् ।



