गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
दारी ग्याङ गोरखाको आयोजनामा नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा गोरखा नगरपालिकाको सन्त जोसेफ स्कुलका समर्पण आचार्य प्रथम भएको छ ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको उत्त प्रतियोगितामा लक्ष्मी सामुदायिक शिक्षा सदनकी आश्मा कुवँर द्वितिय भएकी थिईन । त्यस्तै गरी प्रतियोगितामा ओल्ड क्यापिटल मावि रानिबनकी श्रीशा थापा तृतिय र राष्ट्रिय मावि घलाङ र श्रीशक्ति मावि पाटेचौरका क्रमश. अञ्जना दानी र अनुपम नेपाली सान्त्वना भएका थिए ।
गोरखा नगरपालिका भित्रको १७ वटा माध्यामिक बिद्यालयका छात्र छात्राहरुले बक्तृत्वकलामा प्रतियोगितामा सहभागिता जनाएका थिए । दारी ग्याङ गोरखाका संयोजक राजेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिजेता सहभागिहरुलाई क्रमश। ५ हजार, ३ हजार, २ हजार र १/१ हजार नगद सहिति प्रमाण पत्र प्रदान गरीएको थियो ।
सहभागी स्कुललाई पनि उत्त कार्यक्रममा कदर पत्र प्रदान गरीएको थियो ।




















