गोरखा समाचारदाता
गोरखा – गैरकानूनी रुपमा चन्दा असुलेको आरोपमा प्रहरीले तिन जना युवालाई पक्राउ गरेको छ ।
गोरखा नगरपालिका १० छेवेटारमा विना स्वीकृती गैर कानूनी चन्दा असुली रहेको अबस्थामा प्रहरीले चितवनको भरतपूर नगरपालिका-१९ का १९ वर्षीय बिवेक गुरुङ, सोही नगरपालिका-१३ वस्ने वर्ष २८ का दिपक राई र वडा नम्बर-३ बस्ने २३ वर्षीय सुन्दर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले के प्रयोजनका लागि चन्दाअसुलेका हुन, उनीहरु संग कति पैसा थियो भन्ने बारेमा भने प्रहरीले केही खुलाएको छैन् ।
यसैगरी सामान चोरी गरेको आरोपमा २ युवा पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका-६ उल्टेटार स्थीत भगवती बाँनियाको पसल फोरेर रिर्चास कार्ड र अन्य सामान चोरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका-७ का राजु परियार र बारपाक सुलिकोट-६ का बिकास थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले ३१ हजार ५०० को एनसेल र ४ हजारको एनटिसी गरी १५ हजार ५०० बराबरको रिर्चाज कार्ड र एक थान मोबाइल गरी ५१ हजारको धममाल चोरेको प्रहरीले आरोप लगाएको छ ।
उक्त दुबै घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।



