×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

साक्षरता दिवशको अवसमा विभिन्न कार्यक्रम सम्पन्न

  •  
  • सोमबार, भदौ २३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – ५३ औ अन्तराष्ट्रिय शिक्षा दिवस तथा ४० औ राष्ट्रिय शिक्षा दिवस जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइको छ ।

    जिल्लाका ११ वटै स्थानीयतहले छुट्टाछुट्टै कार्यक्रम गरी दिवश मनाएका हुन् । दिवशको अबसरमा गोरखा नगरपालिकाले विद्यार्थीद्धारा निर्मित मावि स्तरिय शिक्षण सिकाई सामाग्री प्रर्दशनी गरेको छ ।

    नगर क्षेत्रका २५ मावि मध्ये २२ विद्यालय सहभागी प्रतियोगितामा सेन्ट म्यारिज मावि १३ किलोका प्रशन्न मल्ल समूह पहिलो, तारा माविका सचिन श्रेष्ठको समूह दोश्रो, मोर्डन इङ्लिस बोर्डिङ स्कूलकी दिपाको समूह तेश्रो, सेन्ट जोसेफ मावि ११ किलोका विपना गुरुङ र जेनियस इङ्लिस बोर्डिङ स्कूलकी रश्मी थापामगरको समूह सान्त्वना भएको छ ।

    उनीहरुले क्रमश १० हजार, ८ हजार, ६ हजार र ३/३ हजार पुरस्कार पाएका छन् । शिक्षा शाखा प्रमुख भरतकाजी अर्यालको अध्यक्षता तथा नगर प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप प्रमुख बिनाकुमारी श्रेष्ठ, प्रशासकिय प्रमुख कृष्णकुमारी श्रेष्ठ, शिक्षा शाखाका विश्वनाथ वाग्ले, मोर्डन इङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल सिताराम तिवारी र विन्दबासिनी मावि नारेश्वरका प्रधानाध्यापक उदयबहादुर भट्टले मन्तव्य राखेका थिए ।

    दिवशको अवसर पारेर सिरानचोक गाउँपालिकाले उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

    एसइई परीक्षामा गाउँपालिका प्रथम हुने परोपरकार आदर्शमा मावि जौवारी, द्धितिय हुने मण्डली मावि छोप्राक र तृतिय हुने जनकल्याल्ण मावि श्रीनाथकोट र कक्षा ८ मा प्रथम हुने परोपकार आर्दश मावि, दोश्रो हुने मण्डली मावि र तेश्रो हुने चम्पावती माविलाई कदरपत्रले सम्मान गरिएको थियो ।

    सोही अबसरमा कक्षा ८ मा गाउँपालिका प्रथम हुने महेन्द्र लिला माविको सुरेन्द्र न्यौपाने, द्धितिय हुने चम्पावतीका सरोज श्रेष्ठ र तृतिय हुने मण्डली माविका रजिया मियाँलाई नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।

    यसैगरी आठौ राष्ट्रपती रनिङ शिल्डमा पदक बिजेता २५ जना खेलाडीहरुलाई नगद पुरस्कार, सम्मान र प्रमाण पत्र वितरण गरिएको सिरानचोक गाउँपालिकाले जानकराी दिएको छ ।

    सोहीअबसरमा ‘हाम्रो सिरानचोक राम्रो सिरानचोक’ विषयमा शिक्षकहरुले खुल्ला कविता बाचन गरेकाथिए ।

    गाउँपालिका अध्यक्ष राज गुरुङको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शाखा अधिकृत सुबास आर्चाय, गाउँपालिका उपाध्यक्ष रीता देवकोटा, खेलकुद बिकास समितिका उपाध्यक्ष शान्तसिंह बस्न्यात लगायतले मन्तव्य राखेका थिए ।

    दिवसकै अवसरमा धार्चे गाँउपालिका वडा नं ४ को लाप्राकको पुरानो वस्तिमा वक्तृत्व कला प्रतियोगिता भएको छ ।

    २१ औंशताब्दीमा शिक्षाको महत्व विषयक प्रतियोगितामा हिममायाँ गुरुङ्ग पहिलो भएकी छिन । ९ जनाको सहभागिता रहेको प्रतियोगितामा पविता गुरुङ्ग र शुसिला गुरुङ्ग दोश्रो र विष्णु गुरुङ्ग तेश्रो भएका छन् ।

    मणिकाम देवी माविका विद्यालय व्यवस्थापन समितिका सदस्य नरबहादुर गुरुङ्गको अध्यक्षता तथा मारसिंह गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा बद्रि भट्ट, टेकबहादुर थापा, विद्यालयका प्रध्यानाध्यापक धनबहादुर गुरुङ्ग लगायतले मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.