गोरखा समाचारदाता
गोरखा – निजामती सेवा दिवसमा गोरखाका २ जना सरकारी कर्मचारी सम्मानित भएका छन । सम्मानित हुनेहरुमा सिनिअर अनमी मोतिमायाँ श्रेष्ठ र खरिदार अजय श्रेष्ठ सम्मानित भएका हुन ।
निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियन, कर्मचारी मिलन केन्द्र र निजामती सेवा दिवस जिल्ला समारोह समितिको संयुत्त आयोजनामा भएको कार्यक्रममा प्रार्थमिक स्वास्थ्य केन्द्र मकैसिंगमा कार्यरत सि.अ.न.मी. र मालपोत कार्यालय गोरखामा कार्यरत खरिदार श्रेष्ठद्वयलाई दिर्घ सेवा पदक बाट सम्मानित गरीएको थियो ।

दिवसकै अवशरमा निजामती कर्मचारीहरु बिच ‘सार्वजनिक सेवा प्रवाहमा निजामती कर्मचारीहरुको भूमिका’ बिषयक निवन्ध प्रतियोगिताका बिजेताहरु लेखराज ढकाल, ईश्वरबन्धु सुवेदी र चित्रबहादुर अधिकारीले क्रमश प्रथम, द्वितिय र तृतिय भएका थिए । बिजेताहरुलाई ५ हजार, ४ हजार र ३ हजार नगद र प्रमाण पत्र दिएर सम्मान गरीएको थियो ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सहिदलखन गाउँपालिकाका प्रमुख रमेशबावु थापा, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारी, निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियन गोरखाका उपाध्यक्ष सरुना पोखरेल, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ र कर्मचारी मिलन केन्द्रका अध्यक्ष रामशरण आचार्यले निजामती कर्मचारीहरुले पुराना कर्मचारीहरुको अनुभव लिदै लगनशिल र अनुशासित भएर काम गरेमा विकास, समृद्वी र सुशासनको लक्ष्यमा पुग्न सकिने बताए ।
यसै बिच आजै जिल्ला भरी सरकारी कार्यालयमा काम लिएर आउने पहिलो सेवाग्राहीलाई फुलमालाले सम्मान समेत गरीएको छ । सम्मानित हुनेमा जिल्ला प्रशासन कार्यालयमा राहदानीको काम लिएर आएकी गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका ६ ताकुकोटकी सुस्मा बरामलाई प्रमुख जिल्ला अधिकारी र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले प्रशासन कार्यालयमा फुलमाला दिएर सम्मान गरेका थिए ।



