गोरखा समाचारदाता
गोरखा – नेपाली काँग्रेस गोरखा निर्वाचन क्षेत्र अनुसार क्षेत्रिय समिति समायोजन गरेको छ ।
बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले साबिकका ३ निर्वाचन क्षेत्रका सभापती एवं अन्य पदाधिकारी सदस्यलाई अहिलेको दुई निर्वाचन क्षेत्र अनुसार जिम्मेवारी तोकेको छ ।
जसअनुसार क्षेत्र नम्बर १ को जिम्मेवारी साबिकका सभापती धिरन थापाले पाएका छन् भने, २ पनि साबिककै सभापती गोबिन्द गुरुङलाई सभापती बनाइएको छ । हाल क्षेत्र नम्बर २ मा परेको तात्कानिल क्षेत्र नम्बर ३ का सभापती इन्द्रबहादुर गुरुङलाई क्षेत्र नम्बर २ को उपसभापती र प्रदेश सभा ‘क’ संयोजक तोकिएको छ ।
यसैगरी ‘ख’ को संयोजकमा क्षेत्र नम्बर २ का उपसभापती दिर्घमान गुरुङ (नारायण) घोषित भएको छ । यता क्षेत्र १ को प्रदेश सभा ‘क’ मा क्षेत्रिय उपसभापती दिपक भट्टराई र ‘ख’ रोशन गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
केन्द्रिय सदस्यहरु कमला पन्त, सुरेन्द्रराज पाण्डे र चिनकाजी श्रेष्ठको उपस्थितीमा बसेको बैठकले केन्द्रको निर्देशन अनुसार गोरखामा दोश्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने निर्णय गरेको सहसचिव नारायण लामिछानेले जानकारी दिए ।
सोही अनुरुप यही भदौं २४ गते विपी कोइरोलाको स्मृती दिवशको अबसरमा दोश्रो चरणको अभियानका कार्यक्रम घोषणा गर्ने उनले बताए । जागरण अभियान सञ्चालनको लागि जिल्ला सचिव नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा प्रचारप्रसार समिति पनि बनाएको छ ।
उक्त समितिमा जिल्ला कार्यसमितिका विश्वदेव श्रेष्ठ, रामप्रसाद भण्डारी, मिना अधिकारी, क्षेत्रिय सभापतीहरु धिरन थापा र गोबिन्द गुरुङ, महिला संघकी गोरखा नगर अध्यक्ष बिनाकुमारी श्रेष्ठ, प्रेस युनियनका जिल्ला अध्यक्ष नरेन्द्र ढकाल र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष सुवास अधिकारी सदस्य रहेका छन् ।



